| सोमवार, कार्तिक २३, २०८३

आज गोनपाको वडा नम्बर ६,७,८,११ र १२ मा स्वाब संकलन हुने (कुन वडामा कहिले सुचना सहित)

गोरखा नगरपालिकाले आज वडा नम्बर ६,७ र ८ मा बिहान ११ बजे र वडा नम्बर ११,१२ मा दिउँसो २ बजे स्वाब संकलन गर्ने भएको छ ।
स्वास्थ्यमा समस्या देखिएका, पिसिआर गर्नुपर्ने ब्यक्तिले टोल, वडा समिति सँग समन्वय गरेर स्वाब परीक्षण गराउन सक्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।

भारत वा अन्य मुलुकबाट, संक्रमण फैलिएको जिल्ला वा क्षेत्रबाट आएकाहरुलाई प्राथमिकतामा राखेर पिसिआर जाँचका लागि स्वाब संकलन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
६,७ र ८ को रानीपोखरी नजिकै बिपी चौतारामा र ११ र १२ को गोनपा १२ रानीटारमा स्वाब लिईने नगरपालिकाले जारी गरेको सार्वजनीक सुचनामा उल्लेख छ ।

आजदेखि वडा स्तरमा स्वाब संकलन सुरु गरेको नगरपालिकाले बैशाख ३० गते सम्म सबै वडामा गरिसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्