| सोमवार, कार्तिक २३, २०८३

दैनिक उपभोग्य बस्तुको मूल्य बढेको बढ्यै, गोरखामा छैन अनुगमन

आषिशकुमार भट्ट : चाडवाड होस् या बिपद्का बेला जहिले उपभोक्तलाई आवश्यकता र माग बढी हुन्छ त्यतीबेला खाद्यान्नको मूल्य एकाएक बढाईन्छ ।

उत्पादन गर्ने कम्पनी देखि बिक्री गर्ने ब्यापारी सम्मले मौका हेरेर खाद्यान्नमा मूल्य बढाउने गरेका छन् । कोरोनाको पहिलो चरणमा बजारमा खाद्यान्नको मूल्य एक्कासी बढेझैँ अहिले पनि मूल्य बिस्तारै उकालो लाग्दो छ ।
कोरोनाको त्रासले काम बिहिन भएर घरमै बसेका सर्वसाधारणको भान्सा दिनदिनै महँगो हुँदै गएको छ । दोस्रो चरणको कोरोना बढेसँगै खाने तेल, चिनी, चामल, तरकारी, फलफुलको मूल्य बढेको उपभोक्ताले गुनासो गरेका छन् । गोरखा सदरमुकामका ठुला देखि साना ब्यापारीले एक महिना अघि र अहिले बिक्री गर्ने खाद्यान्नको मूल्य फरक छ ।

अधिकासं ब्यापारीले कम्पनीले बढाएको, ढुवानी भाडा बढेको दावी गर्दै मूल्य बढी लिएका छन् । ठुला ब्यापारीले कम्पनीको बिल बढेको देखाउँदै आफैँ पनि बिल बनाउँछन् ।
ब्यापारीले मूल्य बढाए, नबढाएको बारे जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकाले बजार अनुगमन गर्ने गथ्र्यो । तर अहिले अनुगमन भएको छैन । केही दिनमा अनुगमन गर्ने योजना रहेको गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताईन । ‘उपभोक्ता हित संरक्षण मञ्च, ब्यापारी, ब्यवशायी सँग बैठक गरिसक्यौँ’ उनले भनिन् ‘निषेधाज्ञाको अवस्था, बजारको अवस्था हेरेर हामीले अनुगमन गर्छौँ ।’

उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्श सँग मौजाद खाद्यान्न, निषेधाज्ञा अघि र पछिको मूल्यको बिवरण माग गरिएको उनले बताईन । गोरखा सदरमुकामका बजारमा मात्र होईन आरुघाट, पालुङटार, भच्चेक लगायत ठाउँका स्थानीयले पनि दैनिक उपभोग्य समग्रीको मूल्य बढेको बताएका छन् । तर ति ठाउँका पनि अनुगमन भएको छैन । जिल्ला प्रशासन कार्यालयले पनि बजार अनुगमनलाई प्राथमिकता दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्