
निषेधाज्ञा उलंघन गरेर सवारी चलाउनेलाई कारवाही गर्दै प्रहरी
निषेधाज्ञा जारी भएको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिका क्षेत्रमा प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।
आजदेखि सुरु भएको निषेधाज्ञाको अटेरी गर्नेहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए ।
‘निषेधाज्ञामा चल्न प्रतिबन्ध गरेका सवारी साधनलाई चेकजाँच गरी होल्डीङ गरेका छौँ’ उनले भने ‘अटेरी गर्नेलाई कारवाही हुन्छ ।’
निषेधाज्ञा जारी गरिएका क्षेत्रमा बस, जिप, ट्याक्सी जस्ता सार्वजनीक यातायात र निजी सवारी साधन चलाउन नपाउने चल्न पाउने छैन ।
बुधवार गोरखा सदरमुकामको हरमटारी चोक, बाह«किलो, मझुवा, पालुङटार बजार, आरुघाट बजार क्षेत्रमा प्रहरीले चेकजाँचमा कडाई गरेको थियो ।
एम्बुलेन्स, शव बहान, खाद्य सामग्री, दाना, चल्ला,तरकारी, फलफुल, पानी, ग्यासँ, पेट्रोलियम पदार्थ बोकेको सवारी साधन, बैंक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारी, कार्यालय जाने कर्मचारी, स्वास्थ्य सेवा, संचार, निर्माण सामग्री बोकेका सवारी साधन भने निर्वाद चल्न पाउने निर्णय गरिएको छ ।




