| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा प्रहरी सम्बन्धी गुनासो छ ? सुझाब पेटिकामार्फत पठाउनुस्

गोरखा प्रहरीको बारेमा तपाईको केही गुनासो छ ? कि प्रहरीको गुनासो कसलाई भनुँ ? कसरी कार्यालयसम्म जानु ? प्रहरी प्रमुख वा गुनासो सुन्ने अधिकारीलाई कसले प्रहरीको गुनासो सुनाउँ भन्ने तपाईलाई लागेको छ भने अब सजिलो भएको छ । प्रहरीसम्बन्धी गुनासो गर्न तपाई जिल्ला प्रहरी कार्यालय जानु पर्दैन ।
गोरखा सदरमुकामको बसपार्क, हरमटारी र जिल्ला प्रशासन कार्यालय गोरखाको हातामा सर्वसाधारण नागरिकको गुनासो सुन्न प्रहरीले आइतबारदेखि उजुरी तथा सुझाब पेटिका राखेको छ । प्रहरीसंग सम्बन्धित उजुरी र गुनासो सर्वसाधारणले उक्त बाकसमा लेखेर राख्न सक्नेछन् । हरेक १५ दिनमा प्रहरीले गुनासो संकलन गर्ने र त्यसको सुनुवाई गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।
‘प्रहरीको काम कारवाही, सेवा प्रवाह, प्रहरीसंग सम्बन्धित पिरमर्का, गुनासो, कमी कमजोरी सुन्न र प्रहरी कार्य चुस्त दुरुस्त बनाउन सुझाब लिने उद्देश्यले सुझाब पेटीका राखेका हौँ’, डिएसपी दाहालले भने । सर्वसाधारण नगारिकको सहज पहुँच हुने गोरखा सदरमुकामको बसपार्क, हरमटारी चोक, जिल्ला प्रशासन परिसर गरी तीन ठाउँमा उजुरी÷सुझाब पेटिका राखिएको छ । कुनै गुनासो भए उजुरी पेटिकाबाट गर्न सर्वसाधारणलाई अनुरोध गर्दै समयमै संवोधन गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्