
सोमवारदेखि पालुङटार नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द (सुचना सहित)
गोरखाको पालुङटार नगरपालिकाले सोमवारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख दिपकबाबु कंडेल र प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले आईतवार एक सुचना जारी गर्दै एक साताका लागि नगरपालिका र वडाबाट हुने सेवा बन्द गर्ने निर्णय भएको बताए ।
छिमेकी जिल्ला र नगरपालिका भित्र पनि कोरोना संक्रमित देखिएको, केहीको मृत्यू समेत भएकाले कोरोनाको रोकथाम र नियन्त्रणका लागि कोभिड रोकथाम र न्यूनिकरण बाहेकका सबै सेवा बन्द गर्नु परेको नगरप्रमुख कंडेलले बताए । वडा कार्यालय र नगरपालिकाको कार्यालयबाट अन्य सेवा बैशाख २० गतेदेखि २६ गते सम्म संचालन नहुने निर्णय भएको उनले बताए ।





