
आरुघाटका एक संक्रमितको काठमाण्डौँ र पालुङटारका संक्रमितको भरतपुरमा मृत्यू
गोरखाका दुई जना कोरोना संक्रमितको मृत्यू भएको छ । आरुघाट गाउँपालिका ७ का ६५ वर्षिय छमबहादुर थापा मगरको उपचारको क्रममा आज बिहान काठमाण्डौँमा मृत्यू भएको हो ।
यस्तै पालुङटार नगरपालिका वडा नम्बर ६ का ७८ वर्षिय वृद्धको उपचारको क्रममा भरतपुर अस्पतालमा गएराती मृत्यू भएको छ । दुबै जना दिर्घरोगी रहेको र कोरोना समेत संक्रमण भएको थियो ।




