| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा किन जान्छ झ्याप्प झ्याप्प बिजुली !


आशिषकुमार भट्ट
:
हिजोआज गोरखामा के भा को, छिन छिनमा बत्ती गइरहन्छ ? अचेल गोरखाबजारमा निकै प्रचलित जिज्ञासा हो यो । विद्युत अवरुद्ध भएपछि काम चौपट भएका जो कोही भेट भयो भने एकअर्कामा यो प्रश्न सोध्ने गर्छन् ।
विद्युत प्राधिकरण गोरखा बितरण केन्द्रको फोनको घण्टी तारन्तर बजिरहन्छ । ग्राहकले यही प्रश्न सोध्छन् तर कार्यालयबाट चित्त बुझ्दो जवाफ पाउँदैनन् । प्राधिकरण कार्यालयबाट चित्तबुझ्दो जवाफ नपाएपछि सर्वसाधारणदेखि जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीलाई पनि गुनासो गर्न थालेका छन् । तर पनि एक सातायता दिनको २५ पटक भन्दाबढि बत्ती आउनेजाने गर्न छाडेको छैन ।
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले बत्ती तारन्तर आउने जाने गर्ने समस्या हल गर्न नसक्दा सर्वसाधारण र ब्यवशायी मारमा परेका छन् । बिना सूचना दैनिक विद्युत आपूर्ति अनियमित हुँदा ब्यवशाय चौपट भएको र मेसिनरी यन्त्र उपकरण बिग्रने खतरा रहेको ब्यवशायीको गुनासो छ ।
केन्द्रमा सिइओ फेरिएपछि र जिल्लामा हाकिम फेरिएपछि बत्ती अवरुद्ध हुने क्रम बढेपछि स्थानीयबासी वर्तमान सिइओ र वर्तमान कार्यालय प्रमुखसंग बढि रुष्ट भएका हुन् ।
नमस्ते मोबाइल तथा मर्मत केन्द्रका सञ्चालक एवं मनकामना यातायात सेवाका महासचिव सुमन कार्कीले सामाजिक सञ्जालमा लेखेका छन् ‘नेपालको अन्य ठाउँमा के छ कुन्नि, गोरखाको हकमा आजभोलि कुलमान घिसिङको निकै याद आउँछ । महिनौ हुदाँ पनि समाधान नहुने कस्तो समस्या हो ? अनि फोन गरी सोध्यो भने दमौलीदेखि बत्ती आएको छैन भन्दिने, कस्तो तरिका हो ?’
त्यस्तै अर्का ग्राहक कुमार तिवारी विद्युत अनियमित भएकोमा गुनासो गर्दै यस अघिका हाकिमसाब हुँदा जस्तो सीघ्र काम अहिले नभएको भन्दै बितरण केन्द्रका वर्तमान हाकिमको आलोचना गर्छन् ।
बितरण केन्द्रले भने ढुङ्गागाडे–बुङकोट सडक स्तारोन्नति चलिरहेकाले पोलहरु सार्ने क्रममा बत्ती काट्नुपर्ने, हावाहुरीका कारण पोल ढल्दा मर्मत गर्नुपर्दा आउने जाने धेरै भएको जनाएको छ । दमौलीबाट मार्कीचोक, आँबुखैरेनी हँुदै गोरखा विद्युत लाइन प्रशारण हुन्छ । यदि दमौलीमा बन्द ग¥यो भने गोरखाभरि विद्युत अवरुद्ध हुन्छ । ‘जिल्लाभरि विद्युत जाने समस्या दमौलीबाट हुन्छ, गोरखामा मर्मत गर्दा जहाँको मर्मत गर्ने हो त्यहाँको मात्र लाईन काटिन्छ’ उनले भने ।
अहिले हावाहुरीको सिजन हो । हावाहुरीले गर्दा बिभिन्न ठाउँका पोलहरु ढल्ने हुँदा मर्मतका लागि पनि बत्ति काट्ने गरिएको सूचना अधिकारी कृष्ण कँडेलले बताए । पालुङटारको डुम्रेडाँडा र ताक्लुङमा ट्रान्समिटर पड्केका कारण मर्मत गर्ने क्रममा पनि बिजुली बत्ती अवरुद्ध भएको बितरण केन्द्रले जनाएको छ ।
उपभोक्ताले भने प्राधिकरणले चासो नदिँदा र हेलचेक्राईले बिरुद्ध अवरुद्ध धेरै हुने गरेको गुनासो गर्ने गर्छन ।

प्रतिक्रिया दिनुहोस्