| आइतवार, कार्तिक २२, २०८३

सहुलियत कर्जाका लागि सिरानचोक गाउँपालिका, ग्लोबल आइएमई बैंक बीच सम्झौता

सिरानचोक गाउँपालिका क्षेत्रभित्रका कृषि तथा पशुपंक्षीजन्य तथा अन्य क्षेत्रको व्यापार व्यवसाय प्रबर्धन गर्नका लागि सहयोग पुर्याउन गाउँपालिका, ग्लोबल आइएमई बैँक र उद्योग वाणिज्य संघ सिरानचोक इकाइ बिच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न एक कार्यक्रममा व्यवसायी बन्न चाहने वा व्यावसाय संचालन गरिरहेका सबैखाले योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर सिर्जना गर्न उक्त सम्झौता गरिएको थियो ।
उक्त सम्झौतामा महिला उद्यमशिलता कजा, व्यवसायीक कृषि तथा पशुपक्षीं कर्जा, शिक्षित यूवा स्वरोजगार कर्जा, बैदेशिक रोजगारीबाट फर्किएका यूवा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा, भुकम्पपिडितहरुको नीजि आवास निर्माण कर्जा तथा अन्य प्रदेश सरकार र राष्टू बैंकले ताकेको अन्य सहुलियत पुर्ण कर्जाहरु उपलब्ध गराउन सहकार्य गर्ने उल्लेख गरिएको छ ।

आयआर्जनका लागि सहुलियतपूर्ण कर्जा प्रदान गरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले गोरखाउद्योग वाणिज्य संघ अन्तरगत पुर्णिमा परियोजनाको प्राविधिक सहयोगमा उक्त सम्झौता गरिएको हो । सम्झौताअनुसार गाँउपालिका को सिफारिसमा बैंकले कर्जा प्रवाहगर्ने र सोको लागि आवश्यक कागजात एवं व्यवसायिक योजना निर्माणमा उद्योग वाणिज्य संघले सहजिकरण गर्ने उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले दिएको व्याज अनुदान अनुसार पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत छुट हुने वताइएको छ ।
सिरानचोक गाँउपालिकाका अध्यक्ष श्री राजु गुरुङ्ग, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्री जीवनज्योती श्रेष्ठ र ग्लोवल आइएमई बैंकका प्रदेश प्रमुख श्री महेश सिलवालले समझदारी पत्रमा हस्ताक्षर गरिएको उक्त कार्यक्रममा सिरानचोक गा.पाका उपाध्यक्ष श्री रीता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपाने, पुर्णिमा परियोजना अन्तरगत इआइइ आर का कार्यक्रम संयोजक सुरेन्द्र पौडेल, जिल्ला उद्यम विकास अधिकृत शेरबहादुर वोहरा, च्यालेन्ज फन्ड अफिसर विष्णु दवाडी, वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
गोरखा उद्योग वाणिज्य संघले यस अघि धार्चे गाँउपालिका र सिभिल बैंकसँग सम्झौता सम्पन्न गरि सकेको छ । साथै निकट भविष्यमा अजिरकोट गाँउपालिका र राष्ट्रिय वाणिज्य बैंकसंग पनि सम्झौता हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्