गोरखा नगरपालिका भित्र १२ जनालाई कोरोना
गोरखा नगरपालिकामा मंगलवार १२ जना कारोना संक्रमित थपिएका छन् । वडा नम्बर ६ मा दुई महिला तीन पुरुष, वडा नम्बर १४ मा दुई महिला तीन पुरुष रहेका छन् ।
वडा नम्बर १३ मा एक पुरुष, ८ मा १ महिलालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए । कोरोना पुष्टि भएकामा पाँच महिनाको बालक देखि ८२ वर्षकी महिला सम्म रहेका छन् ।




