| आइतवार, कार्तिक २२, २०८३

पाटनदेवी र संस्कृत माविका विद्यार्थीलाई रुघाखोकी र ज्वरो

गोरखाको भीमसेनथापा गाउँपालिका-७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।
उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक सातादेखि विद्यार्थीहरुमा उक्त समस्या देखिएको हो ।


विद्यार्थीलाई टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएपछि बिरामी विद्यार्थीलाई विद्यालय नआउन भनिएको छ ।


संस्कृत मावि तान्द्राङका करिब ५० प्रतिशत विद्यार्थी बिरामी परेको विद्यालयले जनाएकोे छ । विद्यार्थी बिरामी पर्न थालेपछि आइतबार गाउँपालिका स्वास्थ्य शाखाको टोली क्यामुन्टारको पाटनदेवी मावि पुगेर कोरोना परीक्षणका लागि ३१ जनाको स्वाबको नमुना संकलन गरेको छ ।
‘विद्यार्थीसँगै गाउँका केही मान्छेहरुमा पनि रुघाखोकी र ज्वरो देखिएको रहेछ, आज ३१ जनाको स्वाब संकलन गर्‍यौ, रिपोर्ट आएपछि कोरोना हो कि मौसमी फ्लू हो थाहा हुन्छ’ स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने ।

प्रतिक्रिया दिनुहोस्