
गोरखामा अझै २० भन्दाबढि आधारभुत विद्यालयको भबन बन्न बाँकी
भत्किएका गोरखाका विद्यालय पुनर्निर्माणको काम आर्थिक वर्ष २०७३ देखि सुरु भएको भएको हो । अहिलेसम्म पनि पुर्नािर्माणको काम द्रुत गतिमा छ । क्षतिग्रस्त तीन सय ४२ वटा विद्यालय भबन निर्माणको स्रोत सुनिश्चित भइसक्यो । चालु वर्ष ५५ वटा भबन निर्माणाधीन छन् भने बाँकी सम्पन्न भइसके ।
यति हुँदा पनि अझै गोरखामा २० वटा भन्दाबढि आधारभूत विद्यालयको भबन निर्माण हुन बाँकी छ । ‘भुकम्पमा भत्किएका अधिकांश विद्यालय भबन निर्माण भईसक्यो’ जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख बिष्णुप्रसाद मिश्रले भने ‘जिल्लाभित्रका २० भन्दाबढि विद्यालयमा अझै भौतिक संरचना अपुग छ ।’
तीमध्ये सिरानचोक गाउँपालिका ५ छोप्राकको तालबाराही आधारभुत विद्यालय, जनकल्याण आधारभुत विद्यालय, सिरानचोक ६ को कामधेनु आधारभूत, पालुङटार ६ गाईखुरको वीरभद्र आधारभुत विद्यालय, भीमसेन थापा गाउँपालिका ५ को चामुण्डा आधारभुत, जनकल्याण आधारभूत, रामचन्द्र आधारभुत, भीमसेन २ को मुना आधारभुत विद्यालय रहेका छन् । यस्तै धार्चे ६ को चन्द्रदेवी आधारभुत, धार्चे १ को गणेशहिमाल आधारभुत विद्यालय छन् ।
चुमनुब्री गाउँपालिका ७ को छेकम आधारभुत, छुलेनिले आधारभूत, चुमनुब्री ६ को चुम्लिङ आधारभुत, पेमाथान आधारभुत विद्यालय, चुमनुब्री ४ को प्रोक आधारभुत विद्यालय रहेका छन् । यी विद्यालयमा पढाउन पर्याप्त कक्षाकोठा नभएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख मिश्रले बताए ।
यस्तै गोरखा नगरपालिका ३ को दुम्श्री आधारभुत विद्यालय, गोरखा नगरपालिका ७ का पृथ्वी स्मारक आधारभुत विद्यालय, गोरखा नगरपालिका २ को मदरसा हाफनिया रजवीया आधारभुत विद्यालय रहेका छन् । शहिदलखन गाउँपालिका ७ को मकैपुर आधारभुत विद्यालय, अजिरकोट ढिस्काको झाँक्रापुरी आधारभुत विद्यालयमा भबन आवश्यक रहेको जिल्ला आयोजना कार्यन्वयन इकाईले जनाएको छ ।
‘यी विद्यालय बाहेक अन्यत्र भबन बन्ने स्रोत सुनिश्चित छ’ जिल्ला आयोजना कार्यन्वयन इकाईका प्रमुख बिष्णुप्रसाद मिश्रले भने । अब भबन निर्माण गर्दा यी विद्यालयलाई प्राथमिकतामा राख्ने गरी सर्वेक्षण गरिएको उनले बताए । आयोजना कार्यान्वयन इकाईले शिक्षा समन्वय इकाईलाई उक्त बिवरण बुझाउनेछ । समन्वय इकाईले उक्त बिवरणको आधारमा प्राथमिकताका आधारमा अब आउने कार्यक्रम संचालन गर्नेछ ।




