| आइतवार, कार्तिक २२, २०८३

सारथी फाउण्डेशनको सहयोगमा विद्यालय स्वच्छता अभियान सुरु


सारथी फाउण्डेशनको सहयोग र महिला तथा बालबालिका उद्धार केन्द्रको आयोजनामा शुक्रबारदेखि विद्यालय स्वच्छता अभियान सुरु गरिएको छ ।


घरघरमा सरसफाई तथा स्वच्छता अभियान पु¥याउन विद्यार्थी तथा शिक्षकमार्फत सम्भव हुने भएकाले विद्यालय तहमा स्वच्छता अभियान सञ्चालन गरेको सारथी फाउण्डेशनका अध्यक्ष धुव्र देवकोटाले बताए ।

उनका अनुसार खानेपानीको प्रयोगले मात्र पनि विभिन्न सरुवा रोगहरुबाट बच्न ८५ प्रतिशतले कम गर्न सकिन्छ । विद्यालयहरुमा मात्रै सरसफाइ तथा खानेपानीको शुद्धिकरण प्रयोग भएमा उक्त ८५ प्रतिशतको पनि ९५ प्रतिशत सरुवा रोगहरु यहिबाट कमी ल्याउन सकिने उनले बताए ।
८० प्रतिशत भन्दा बढि सरुवा रोगहरु मात्र रहेकाले यसबाट बच्न वातावरण तथा खानेपानी स्वच्छ राख्न जरुरी छ । विद्यालय स्वच्छता अभियान सकारात्मक विकास गर्नको लागि ठूलो भूमिका खेल्ने पनि उनले बताए ।


हाल नेपालमा ५७ प्रतिशत विद्यालयमा मात्र पानीको सुविधा रहेको छ । त्यसमध्ये पनि पर्याप्त मात्रामा पानी रहेको विद्यालयहरु ४६.६ प्रतिशत रहेको छ भने १६.८ प्रतिशत विद्यालयमा पानी शुद्धिकरण गरी प्रयोग गर्ने गरिएको छ । शुद्धिकरण रहेको विद्यालयहरुमा पनि धेरै जसो सामान्य फिल्टर प्रयोग गरिएको मात्र रहेको छ । जसले पानीको धमिलो तथा फोहोरहरु छेक्छ तर व्याक्टेरियाहरु नमार्ने किसिमको रहेका उनले जनाए ।
५७ प्रतिशत विद्यालयमा चर्पी रहेको छ सौ छात्र तथा छात्राको लागी बेग्लै बेग्लै चर्पी को पनि व्यवस्था रहेको छ । १० प्रतिशत भन्दा कम चर्पीहरु दैनिक सफा र प्रयोग गरिएको पाइएको उनले बताए ।


यस्तो कार्यक्रमहरु नेपालको जम्मा ३० वटा जिल्लामा गर्ने उनले बताए । १० वटा तराई का जिल्ला, १५वटा पहाडका जिल्ला र ५ वटा हिमाली जिल्लामा अभियान सञ्चालन गर्ने उनले बताए । एक जना विद्यार्थीले तीन जनालाई स्वच्छता सम्बन्धी सचेतना प्रदर्शनी गराई थप तीन लाख गरी जम्मा चार लाख मानिसलाई सुसुचित गर्ने लक्ष लिएको बताए ।


उनले दुईसय वटा विद्यालयहरुलाई सुरुवाती प्रयोगको लागी हातधुने झोल साबुन तथा स्यानिटायजर उपलब्ध गराउने जनाएका छन् । त्यस्तै सय विद्यालयमा हातधुने स्थान सहितको फोहोरमैला व्यवस्थान निर्माण, सय विद्यालयमा उच्च प्रविधिको पानी शुद्धिकरण, सय स्थानीय निकायहरुलाई सामाजिक दवाव मुलक सुसुचित गोष्ठिमा समावेस गनेृ साथै राजनीतिक मुद्धको रुपमा सामाजिक संचार माध्यमलाई निरन्तरता दिने लक्ष रहेको उनले बताए ।

‘यो सबै शुन्य बजेटको सामाजिक अभियान हो, यस फाउण्डेशनमा कार्यरत सम्पूर्ण कर्मचारीहरु तलब विना कार्य गरिरहेका छन्’ देवकोटाले भने । यसरी जागर, उत्प्रेरण तथा सञ्चार क्षेत्रले मात्र यो सबै सम्भव रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्