| आइतवार, कार्तिक २२, २०८३

पन्थडिही कटहरे हर्मी सडक पिच हुन अझै समय लाग्ने

पन्थडिही, कटहरे, हर्मी सडक पिच हुन अझै समय लाग्ने भएको छ । भारतीय एक्जिम वैँकको ८० करोड रुपैयाँ ऋण सहयोगमा पिच हुन लागेको सो सडकको ठेक्का प्रक्रिया अझै सुरु हुन नसकेको सडक बिभाग, सडक सुधार आयोजना निर्देशनालयले जनाएको छ ।


‘गत भदौमा निर्माण कम्पनीको पूर्वयोग्यता छनौट(सर्टलिस्टिङ)का लागि विज्ञापन गर्दा १२ वटा फर्मको आवेदन परेको थियो तर अहिलेसम्म छनौट गर्न सकिएको छैन’, निर्देशनालयका सूचना अधिकारी शिव दाहालले भने, ‘नेपालको सडक बिभाग र एक्जिम वैँक दुवै पक्ष बसेर सर्टलिस्टिङ गर्नुपर्ने छ तर दुई पक्ष जुट्न नसक्दा ढिला भएको हो । हामीले दुईपक्ष छिटो बसेर टुंगो लगाऔँ भनेर भर्खर मात्र पनि पत्राचार गरेका छौँ ।’ छिटै सर्टसिस्टिङ भयो भने असारभित्र टेण्डर आव्हान गर्न सकिने उनले बताए ।


बारकिलो, भालुस्वाँरा, बारपाकको समीफेदबाट पन्थडिही, कटहरे, हर्मी सडकको २० किलोमिटर खण्ड डबललेन कालोपत्रे गर्न डिपिआर भइसकेको छ । ठेक्का सम्झौता भएको मिटिले ३० महिनाभित्र कालोपत्रे गरिसक्ने गरी एक्जिम वैँकले ऋण सहयोग गरेको डिई दाहालले बताए ।
एक्जिम वैँकले देशभरका १० वटा सडक कालोपत्रे गर्न ५५० मिलियन डलर ऋण सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्