| मङ्लबार, कार्तिक २४, २०८३

पत्रकार महासंघ गोरखाको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

नेपाल पत्रकार महासंघ गोरखा शाखाका नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन् । बिहिबार बिहान महासंघको कार्यालयमा आयोजित नवनिर्वाचित कार्यसमिति औपचारिक रुपमा घोषणा कार्यक्रममा अध्यक्ष नरहरि सापकोटासहितका १४ जना कार्यसमितिले पदभार ग्रहण गरेका हुन् ।


निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले विजयी कार्यसमिति घोषणा गरेलगत्तै निवर्तमान कार्यसमितिका अध्यक्ष किशोरजंग थापाले नवनिर्वाचित अध्यक्ष नरहरि सापकोटालाई बैठक पुस्तिका दिएर पदहस्तान्तरण गरेका थिए ।

अध्यक्ष सापकोटा, उपाध्यक्षद्वय नरेन्द्र ढकाल र रेनु श्रेष्ठ, सचिव विकास मरहट्टा, सहसचिवद्वय गुणराज रोका र केशव गुरुङ, कोषाध्यक्ष मोहसिन अलि मियाँलाई निर्वाचन संयोजक दुवाडीले खादा, अवीर लगाइदिएका र प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस्तै निर्विरोध निर्वाचित भएका सदस्य(खुल्ला)तर्फका दानबहादुर गुरुङ, विमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने, दलित सदस्यतर्फका सन्दिप सुनार, महिला सदस्यतर्फकी सस्मिता पन्त र आदिवासी जनजाति सदस्य तर्फका उद्धव कुमाललाई पनि संयोजक दुवाडीले खादा, अवीर लगाई प्रमाणपत्र प्रदान गरेका थिए । उनीहरुले सो समारोहमा सपथ ग्रहण पनि गरेका थिए ।


सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सापकोटा, निवर्तमान अध्यक्ष किशोरजंग थापा र निर्वाचन संयोजक दुवाडीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्