| आइतवार, कार्तिक २२, २०८३

काशिगाउँमा घरघरमा धारा, स्थानीय खुशी

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशिगाउँमा घरघरै धारा जडान भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले हरेक घरमा धारा निर्माण गरेको हो ।


आर्थिक वर्ष २०७४/०७५ देखि सुरु भएको काशिगाउँ खानेपानी आयोजना अहिले सम्पन्न भएको हो । रु. ३९ लाख ४५ हजार बरावरको जनश्रमदान र एक करोड ५२ लाख रुपैयाँ भौतिक पूर्वाधार बिकास मन्त्रालयले बिनियोजन गरेको रकमबाट निर्माण पूरा भएको इन्जिनियर देबबहादुर लामाले बताए ।


आयोजना निर्माणका क्रममा ७५ र ३५ घनमिटरको एक/एक वटा ट्याङ्की, एक हजार सात सय ९० मिटर मूख्य पाईप लाईन रहेको छ । उक्त आयोजना बनेपछि काशिगाउँका चार सय १५ घरमा घरघरै धारामा पानी पुगेको छ ।


यो भन्दाअघि खोल्सी र सामुदायिक धाराको पानी घण्टौँ लगाएर उपभोग गर्न बाध्य स्थानीय घरघरमा धारा बनेसँगै खुसी भएका छन् । पहिले ४०, ५० घरको बिचमा भएको एउटा धाराबाट पानी पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको र अहिले घरघरै धारा भएपछि कामधन्दा गर्न समय मिलेको स्थानीय बिब्यमाया घलेले बताए । उक्त आयोजना उपभोक्ता समितिबाट निर्माण भएकाले गुणस्तरीय भएको दावी उपभोक्ताको छ । घरघरमा आएको पानीलाई उपभोग गरेर करेसा बारीसम्म पुन प्रयोग गर्ने माध्याम सिर्जना गर्नु आवश्यक रहेको वडा अध्यक्ष धनकुमार घलेले बताए ।


काशिगाउँ खानेपानी आयोजना २०७५/७६ देखि सुरु भएको र अहिले सम्पन्न योजना हो । उक्त त्रि(वर्षिय योजना गण्डकी प्रदेश सरकारको नीति अनुरुप सम्पूणर् नागरिकको घरमा आधारभुत खानेपानी पुर्‍याउने योजनामा अघि बढेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतले बताए ।


गोरखाको काशिगाउँमा मात्र नभएर गण्डकी प्रदेश सरकारले जिल्लाका सबै घरमा धारा पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्