| आइतवार, कार्तिक २२, २०८३

गोनपाद्वारा उत्कृष्ठ पाँच सहकारीलाई ५०\५० हजार पुरस्कार बितरण

गोरखा नगरपालिकाले नगरभित्रका उत्कृष्ठ पाँच सहकारीलाई ५०/५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ ।

नगरपालिकामा शुक्रवार आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले हिमचुली बचत तथा ऋण सहकारी गोनपा ७, दरौँदी कृषि सहकारी गोनपा १२, गोरखकाली बचत तथा ऋण सहकारी गोनपा ९, गण्डकी बचत तथा ऋण सहकारी गोनपा १०, महालक्षमी बचत तथा ऋण सहकारी गोनपा २ लाई पुरस्कृत गरेका हुन् ।
सहकारीका पदाधिकारी भेला गरेर पुरस्कार बितरण सँगै सहकारीको नीति नियमका बारेमा प्रशिक्षण पनि दिइएको थियो । सहकारी अभियान्ता नरेश नरालले सहकारीको काम, योजना, कार्यक्रम लगायतका बारेमा जानकारी गराएका गोरखा नगरपालिकाका सुचना अधिकृत चेतप्रसाद अम्गाईले बताए ।

सहिकारी दिबसको अवसरमा आयोजित कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोईराला, गोरखकाली सहकारीका अध्यक्ष सुजन कुँवर लगायतले मन्तब्य राखेका थिए । गोरखा नगरपालिका भित्र अहिले बिभिन्न ९० वटा सहकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्