
महिलाहरुका लागी सानो सवारी चालक प्रशिक्षण कार्यक्रम सञ्चालन
गोरखा नगरपालिकाले महिलाहरुलाई लक्षित गरी सानो सावारी चालक प्रशिक्षण तालिम दिने भएको छ । उक्त तालिम सोमबार नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।
उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तरगत नगरपालिकाले २० जना महिलालाई ड्राइभिङ तालिम दिन लागेको हो ।
देशको राष्ट्रपति तथा सभामुख समेत महिला रहको उदाहरण दिदै गोरखामा महिलाहरुले ड्राइभिङ सिकेर उहाँहरुले चालएको सवारीमा चढ्न पाउने आशा राखेको मेयर पन्तले बताए । महिलालाई आवस्यकता अनुसार सिप सिकाएर आत्मनिर्भर बनाउने बाटोमा नगरपालिका अघि बढेको समेत उनको भनाई छ ।
महिलालाई सक्षम बनाउदै अघि बढाउन गोरखा नगरपालिकाले बिभिन्न सिपमुलक तालिमहरु ल्याइरहेको छ । आवश्यकता पहिचान गरि तालिमको माग भएकोले यस्तो विभिन्न तालीमको कार्यक्रम अगाडी ल्याएको उपप्रमुख बिना कुमारी श्रेष्ठले बताइन् ।
तालिमको सहजीकरण भने धारापानीमा रहेको गुरुङ मोटर ड्राइभिङले गर्ने बताइएको छ । एक महिने ड्राइभिङ तालिममा नगरक्षेत्रका बिभिन्न वडाबाट गरी २० जना महिलाहरुको सहभागिता रहने छन् ।




