
पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरी सापकोटालाई उम्मेदवार बनाउने निणर्य
नेपाल पत्रकार महासंघको आगामी चैत २५गते हुने अधिवेशनको लागी नेपाल प्रेस युनियन गोरखाले पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरी सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । महासंघको जिल्ला सचिव रहेका सापकोटा युनियनका गोरखा उपाध्यक्ष समेत हुन ।
युनियनको शनिबार बसेको बैठकले महासंघको आसन्न अधिवेशनमा सापकोटालाई अध्यक्षको उम्मेदवार बनाउने निणर्य गरेको हो ।
‘पूणर् प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवि पत्रकारहरुको हकहित एवं स्थानीय मिडियाको विकास, नागरिक अधिकार र लोकतन्त्रको पक्षमा वकालत, पैरवी र नेतृत्व आजको आवश्यकता हो ।’ युनियनका अध्यक्ष नरेन्द्र ढकालद्धारा हस्ताक्षरित अपिल पत्रमा भनिएको छ ‘नेपाल पत्रकार महासंघ गोरखा शाखाको गौरवपूणर् ऐतिहासिक भुमिकालाई थप सबल र सुदृढ गर्न नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सम्पूणर् पेशागत संघ, संगठन, ब्यवसायिक पत्रकारहरुवीच बृहत्तर एकता कायम गरी अघि बढ्न नेपाल प्रेस युनियन गोरखा हार्दिक अपिल गर्दछ ।’
शनिबार नै युनियनले एक अपिल पत्र जारी गर्दै केन्द्रमा भएको सहमती र एकतामा अनुसार युनियनको नेतृत्वलाई सर्वसम्मत बनाउन अन्य संघ, संगठनहरुलाई समेत सहयोग गर्न आह्वान गरेको छ ।
अपिल पत्र





