| सोमवार, कार्तिक २३, २०८३

उवासंघ अजिरकोट इकाईमा रेशम गुरुङ

उद्योग बाणिज्य संघ अजिरकोट गाउँपालिका इकाईको अध्यक्षमा रेशम गुरुङ चयन भएका छन् । मंगलवार भएको नवौँ साधारण सभा एवं तेस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा कुमराज गुरुङ, द्वितीय उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सचिवमा शैलेस गुरुङ, कोषाध्यक्षमा सरिता श्रेष्ठ, सह सचिवमा बिष्णुप्रसाद अधिकारी रहेका छन् ।
समितिको सदस्यहरुमा सन्तोष दवाडी, बिपिन गुरुङ, प्ुष्कर गुरुङ, मानबहादुर तामाङ, शंकरबहादुर श्रेष्ठ, हेमबहादुर गुरुङ, चन्द्रसुब्बा नेवार रहेका निर्वाचन समिति सदस्य चन्दनबाबु खत्रीले बताए ।
रेशम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, निर्वाचन समिति संयोजक गोबिन्द गुरुङ लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्