| आइतवार, कार्तिक २२, २०८३

गोरखामा पहिलो नागरिक आरोग्य केन्द्र अजिरकोटमा

गोरखाको अजिरकोटमा मंगलवार नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाले यस वर्ष चारवटा स्थानीय तहमा आरोग्य केन्द्र संचालन गर्ने योजना अनुसार अजिरकोट ३ भच्चेकमा केन्द्र राखिएको डाक्टर प्रशान्त पण्डितले बताए ।
आयुर्वेदीक पद्धतीबाट उपचार, निशुल्क बिरामी जाँच, औषधी बितरण, योगा अभ्यासको जानकारी केन्द्रबाट दिईनेछ ।

‘स्थानीय स्तरमा पाईने जडिवुटीको प्रयोग, फाईदाका बारेमा पनि केन्द्रबाट जानकारी लिन सकिन्छ’ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर पण्डितले भने ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षता एवं अजिरकोट गाउँपालिका अध्यक्ष फडिन्द्र धितालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङ, अजिरकोट ३ का वडा अध्यक्ष तयाराज गुरुङ, डाक्टर प्रशान्त पण्डित लगायतले धारणा राखेका थिए ।
यस वर्ष धार्चे, आरुघाट र भिमसेन थापा गाउँपालिकामा पनि नागरिक आरोग्य केन्द्र संचालन गर्ने योजना रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

अन्य पालिकामा कुनै न कुनै स्वरुपमा आयुर्वेद्ध उपचार गर्ने ठाउँ रहेकाले नभएका पालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्