
पालुङटार नगरपालिकाद्धारा गुरुकुललाई दुई लाख ५० हजार सहयोग
गोरखाको पालुङटार नगरपालिकाले गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई दुई लाख ५० हजार नगद सहयोग गरेको छ ।
गुरुकुलमा आबासिय रुपमा बसेर पढ्दै आएका विद्यार्थीको पालन पोषणका लागि उक्त रकम सहयोग गरिएको नगरप्रमुख दिपकबाबु कंडेलले बताए । गुरुकुलमा देशका बिभिन्न ठाउँबाट बालकहरु बसेर संस्कृत भाषा पढ्दै आएका छन् ।




