| आइतवार, कार्तिक २२, २०८३

निर्वाचन कार्यालय गोरखाले मतदाता नमावली संकलन थाल्यो

चुनाव घोषणा सँगै रोकिएको मतदाता नामावली संकलन सर्वोच्च अदालतले तत्काल संसद भंग गर्ने र चुनावमा जाने निर्णय खरेज गरेसँगै मतदाता नमावली संकलन सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय गोरखाले सुचना जारी गर्दै बिहिवारदेखि मतदाता नमावली संकलन, अध्यावधिक गर्ने कम सुरु भएको जनाएको छ । नाम नयाँ दर्ता गर्न चाहने ब्यक्ति नागरिककताको प्रतिलिपी लिएर आफैँ उपस्थित हुनुपर्नेछ ।

मतदाताको नाम, ठेगाना वा अन्य बिवरण फरक परेमा सच्याउनका लागि निवेदन दिनुपर्छ ।
नाम हटाउनुपर्ने भएमा पनि निवेदन दिनुपर्ने र त्यस उपर निर्जाचन कार्यालयले अन्तिम निर्णय गर्ने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्