| सोमवार, कार्तिक २३, २०८३

एकिकरण नेपालद्धारा एक सय २३ परिवारलाई खाद्यान्न वितरण

एकिकरण नेपाल गोरखाले गोरखा नगरपालिकामा वसोवास गर्ने विपन्न अवस्थामा रहेको एक सय २३ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
ह्याण्डिक्याप इन्टरनेश्नल नेपाल तथा जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा गोरखा नगरपालिकामा वसोवास गर्ने कम जग्गाजमिन भएको, जेष्ठ नागरिक, अपाङ्गता भएको व्यक्ति, दिर्घ रोगीहरु, कोरोना पाजेटिभ तथा सुनौलो हजार दिनको महिलाहरुमध्ये पनि अन्यन्तै कमजोर आर्थिक अवस्थामा भएको परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

गोरखा नगरपालिका संगको सहकार्यमा वडावाट प्राप्त नामावलीहरुलाई स्थलगत निरिक्षण गरि स्थानीय तहको सिफारिसमा सहयोग गरेको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले वताए ।
छनौट भएको लाभग्राहीहरुले तीन वोरा चामल, १० किलो आँटा, मुसुरोको दाल पाँच किलो, पाँच किला चिउरा, तीन लिटर सुर्यमुखी तेल, दुई लिटर तोरीको तेल, पाँच किलो चिनी, आयोडिन नुन पाँच किलो बितरण गरिएको छ ।

यस्तै चना र केराउ गरि पाँच किलो, जिरा र धनिया गरि एक किलो, नुहाउने सावुन १२ वटा, चार किलो सरफ, व्रस र मन्जन ५ सेट, काइयो दुई थान, नङ काट्ने मेसिन २ र एक सय थान मास्कको सेट वनाई छनौट भएको लाभग्राहीलाई वितरण गरिएको कार्यकारी निर्देशक देवकोटाले बताए ।
प्रति परिवार १३ हजार पाँच सय लागत लागेको संस्थाले वताएको छ । सवै वडामा औपचारिक कार्यक्रम गरि खाद्यान्न वितरण गरिएको देवकोटाले वताए ।

खाद्यान्न वितरण कार्यक्रममा नगर प्रमुख राजन राज पन्त, उपप्रमुख विना कुमारी श्रेष्ठ, सम्वन्धित वडाको वडा अध्यक्षहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख राजनराज पन्तले कोरोनाको महामारीको वेलामा धेरै जनाले काम गरेर खाने अवसर समेत गुमाएकाले काम गर्न नसक्नेहरुको अवस्था अझ दयनिय भएकोमा खाद्यान्न वितरणले टेवा पुगेको वताए ।

प्रतिक्रिया दिनुहोस्