| आइतवार, कार्तिक २२, २०८३

डाक्टरको ध्यान मेडिकलमा, गोरखा अस्पतालको सेवा प्रभावित

गोरखा अस्पतालमा कार्यरत डाक्टरहरु सदरमुकामको मेडिकलमा काम गर्छन ।
अहिले निर्माणाधिन अस्पतालमा ‘बिजेनस’ कम पाएका डाक्टर मेडिकलबाट पनि लाभ पाउने भएपछि त्यसतर्फ केन्द्रित छन् ।

बिना ‘बिजनेस’ अस्पतालमा डाक्टर नटिक्ने प्रवृत्ती छ । डाक्टरहरुले अस्पताल भन्दा मेडिकललाई प्राथमिकता दिने गरेको गुनासो ब्यवस्थापन पक्षको समेत छ ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेलले डाक्टरहरुले मेडिकललाई प्राथमिकता नदिएको दावी गरिन् । ‘आफ्नो ड्यूटी समय बाहेक केहीले गर्नुभएको होला तर अन्यत्र जस्तो गोरखामा ठुला अस्पताल छैनन्, सबै विषेशज्ञको काम पनि हुँदैन, त्यसैले त्यो समस्या छैन ।’

सरकारी अस्पतालमा भेटिने डाक्टर क्लिनिक, मेडिकल, निजी अस्पतालमा भेटिने भएपछि बिरामीले सेवा लिन मेडिकल जानुपर्ने बाध्यता हुन सक्ने ब्यवस्थापन पक्षको निश्कर्ष छ ।
अस्पतालले सहज र छिटो सेवा दिन नसक्दा बिरामीले महँगो पैसा तिरेर मेडिकलबाट सेवा लिनुपर्ने बाध्यता छ ।

जनशक्ति नहुँदा समान्य शल्यक्रियाका लागि अन्यत्र रिफर गर्ने गोरखा अस्पतालमा अहिले जनशक्ति छ, उपकरण छ तर भौतिक संरचना नहुँदा चाहे अनुसार सेवा दिन नसकिएको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेलले बताईन ।

प्रतिक्रिया दिनुहोस्