
पत्रकार किशोरजंग थापा अकोराबको महासचिवमा सर्वसम्मत चयन
गोरखाका पत्रकार किशोरजंग थापा सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को महासचिवमा सर्वसम्मत चयन भएका छन् । बिहिबार काठमाण्डौँमा सम्पन्न सातौँ राष्टिूय अधिवेशनबाट थापा महासचिव पदमा सर्वसम्मत चयन भएका हुन् ।
लामो समयदेखि सामुदायिक रेडियोको बिस्तार, बिकास र समाज रुपमान्तरणको अभियानमा सक्रिया थापाको नेतृत्वमा २०६४ सालमा गोरखामा पहिलो सामुदायिक रेडियो स्थापना भएको थियो । उक्त रेडियो गोरखा ९२.८ मेघहर्जको स्टेशन म्यानेजर समेत रहेका थापा अकोराबको केन्द्रिय समितिको महासचिवमा चयन भएका हुन् ।
थापा पत्रकार महासंघ गोरखाका अध्यक्ष एवं गोरखाबाट प्रकाशित दरौँदी दैनिकका प्रकाशक समेत हुन् । देशभरका सामुदायिक रेडियाको समस्या हल गर्न, सिङ्गो समाजको प्रतिनिधित्व गर्ने संचार संस्थाको रुपमा रेडियोलाई बिकास गर्ने तर्फ आफु लागि पर्ने थापाले बताए । अकोराबको अधिवेशनबाट अर्जुन गिरी अध्यक्षमा चयन भएका छन् ।
नुवाकोटका कपिलदेव खनाललाई भारी मतान्तरले पछि पार्दै दाङमा सामुदायिक रेडियो अभियानमा सक्रिय गिरी बिजयी भएका हुन् । गिरीले एक सय ६३ र खनालले १४ मत प्राप्त गरेका थिए । गिरी यस अघिको समितिमा बरिष्ठ उपाध्यक्ष हुन् ।




