| मङ्लबार, कार्तिक २४, २०८३

जनता समाजवादी पार्टी गोरखाको जिल्ला कार्यसमिति विस्तार


समाजवादी पार्टी नेपाल गोरखाले जिल्ला कार्यसमिति विस्तार गरेको छ । शनिबार १९ सदस्य मनोनित गरी ८३ सदस्यीय कार्यसमिति बनाएको जिल्ला सचिव विपिनचन्द्र ढकालले जानकारी दिए ।


जसपाले जिल्ला समितिमा रविन आचार्य, मिलन न्यौपाने, ज्ञानेन्द्र गुरुङ, दुर्गा गुरुङ, बासु भट्ट, गोविन्द खत्री र नारायण धौरालीलाई मनोनित गरेको हो । त्यस्तै यमदत्त दवाडी, राजु गुरुङ, खड्गबहादुर बराम, कृष्ण लामिछाने, प्रेमबहादुर अधिकारी, टेकबहादुर गुरुङ, रविन दवाडीलाई पनि जिल्ला समितिमा थप गरेको जसपाले जनाएको छ । त्यस्तै सचिल मियाँ, राकेश तामाङ, मनबहादुर थापा, दिलबहादुर आले र गोविन्द पन्तलाई थप गरिएको कार्यालय सचिव रविन आचार्यले जानकारी दिए ।


त्यस्तै शनिबारको बैठकले १९ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।
बैठकले आठवटा बिभागहरु पनि गठन गरेको पार्टी सचिव ढकालले जानकारी दिए ।
जिल्ला पार्टी अध्यक्ष नारायण खत्रीको नेतृत्वमा प्रशिक्षक बिभाग गठन गरिएको हो । जसमा देवी गिरी र उपेन्द्र देवकोटा रहेका छन् । अध्यक्ष खत्रीकै नेतृत्व प्रशासनिक तथा विकास निर्माण विभाग गठन भएको छ । जसमा उपाध्यक्ष सुकदेव तामाङ, सचिव विपिनचन्द्र ढकाल, उपेन्द्र देवकोटा र रवि आचार्य सदस्य रहेका छन् ।


जिल्ला सचिव विपिनचन्द्र ढकालकै अध्यक्षतामा संगठन तथा जनपरिचालन विभाग गठन गरिएको छ । जसमा रविन आचार्य र उपेन्द्र देवकोटा सदस्यहरु रहेका छन् । मिनबहादुर बिकको केतृत्वमा आर्थिक विभाग गठन गरिएको छ, जसमा मिलन न्यौपाने, दीपक भट्ट र सिताराम नेपाली सदस्य रहेका छन् ।


शनिबारको बैठकले रविन आचार्यको नेतृत्वमा प्रचार प्रसार विभाग गठन गरेको छ, जसमा मिलन न्यौपाने र केशव परियार सदस्य रहेका छन् । उपाध्यक्ष सुकदेव तामाङको नेतृत्वमा सांस्कृतिक विभाग गठन गरिएको छ, जसमा हुपबहादुर नेपाली सदस्य छन् । राजेन्द्र पराजुलीको संयोजकत्वमा गठित आंगिक तथा जनवर्गीय संगठन विभागमा शान्ता न्यौपाने, रविन आचार्य, विपिनचन्द्र ढकाल, मिलन न्यौपानेलाई मनोनित गरिएको छ ।


सो बैठकले पुरुषोत्तम ढकाल र दुर्गा गुरुङ सदस्य रहेको संघसंस्था विभाग गठन गरिएको कार्यालय सचिव रविन आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्