| आइतवार, कार्तिक २२, २०८३

समुदायलाई जिम्मेवार बनाउने संचार क्षेत्र आफैँ पनि जिम्मेवार बन्नुपर्छ : मन्त्री चुमान

तनहुँको आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय ‘सूचना प्रविधीको विकास र अबको पत्रकारित’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार देखि सुरु भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरा र आँबुखैरेनी गाउँपालिकाको सहयोग तथा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशको आयोजनामा दुई दिने कार्यक्रम सुरु भएको हो ।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले अहिलेको युग सुचना प्रविधीको युग रहेकाले सुचना प्रविधीमा पहुँच हुनेहरु बलियो रहेको बताए । पत्रकारलाई कसैले पनि जिम्मेवार नबनाउने र स्वयम् आफैंमा जिम्मेबार हुनुपर्ने समेत उनले बताए ।

संचारक्षेत्र अझै बढी जनता प्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताउँदै मन्त्री चुमानले पत्रकारले समाचार र सुचनामा गुणस्तरीयता र विश्सनियता बढाउनुपर्ने बताए ।
बुधबार पहिलो दिनमा ग्लोबल मल्टिमिडियाका पत्रकार रजनीश भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । फोनिज गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा भएको कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आर्चाय, जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेल, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल, फोनिज गण्डकी प्रदेशका ईन्चार्ज हुम बहादुर गुरुङ्ग, राससका कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेत, संसदीय पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष भरत कोइराला लगायतले धाराणा राखेका फोनिज गण्डकी प्रदेशका सचिव सुनिता थापा मगरले बताईन ।

प्रतिक्रिया दिनुहोस्