
आँबुखैरेनीमा तमु सुधार समितीको नयाँ भबन बन्यो
तनहुँको आँबुखैरेनी गाउँपालिका ३ पानीघट्टमा रहेको माई छिम्केश्वरी तमु सुधार समितीको नयाँ निर्माण भएको भवनको शनिवार उद्घाटन गरिएको छ ।
तमू हृल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङ्गले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । गत वर्ष चैत महिनामा निर्माण सुरु भएको उक्त भबन करिब २७ लाख रुपैंयाको लागतमा निर्माण गरिएको हो ।
पाँच लाखको लागतमा निर्माण गरिएको शौंचालयको समेत शनिवार नै उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा भवन निर्माणमा नगद तथा जिन्सीसहयोग गर्नेहरुलाई खादा, अबिर लगाएर प्रमाण पत्र बितरण गरिएको माई छिम्केश्वरी तमु सुधार समितीका सचिव पृथ्वी बहादुर गुरुङ्गले बताए । समितिका अध्यक्ष काजिकुमार तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमू ह्ुल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङ्ग, आँबखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, तमू ह्ुल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद तनहुँका अध्यक्ष खेमराज गुरुङ्ग, तमू ह्ुल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद गोरखाका अध्यक्ष राम बहादुर गुरुङ्ग, आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पूर्ण बहादुर आले, वडा नं. ४ का वडाध्यक्ष नेत्र बहादुर गुरुङ्ग लगाएतले मन्तब्य राखेका थिए ।




