
नेपाली कांग्रेसद्वारा जेष्ठ नागरिकलाई सम्मान
नेपाली कांग्रेस भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच ७० वर्ष उमेर पूरा गरेका एक सय ८० जनालाई सम्मान गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए ।
सम्मान पत्र, दोसल्ला र एक बट्टा हर्लिक्स दिएर वृद्धवृद्धालाई सम्मान गरिएको थियो । ऋषि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, जिल्ला सभापति हरिबहादुर घले, सचिव नन्दप्रसाद न्यौपाने, पूर्णबहादुर दाहाल, महासमिति सदस्य राजेन्द्र बजगाई, राजनराज पन्त, जिल्ला सदस्य ठाकुर भट्ट, टिकाराम गुरुङ लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दलीय बिभेद भन्दा बाहिर रहेर सबै जेष्ठ नागरिकको सम्मान र अग्रजको सेवा स्वरुप उक्त कार्यक्रम गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव न्यापानेले बताए ।




