
आरुघाट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा तारा विश्वकर्मा
नेपाल सुनचाँदी व्यवसायी संघ, आरुघाटको अध्यक्षमा ताराबहादुर विश्वकर्मा चयन भएका छन् ।
शनिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैठौँ साधारण सभाले विकको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मनिष बज्राचार्य, सचिवमा सुरेश रसाइली, कोषाध्यक्षमा सन्तोष बज्राचार्य र सहसचिवमा गणेश सुनार चयन भएका छन् ।
निवर्तमान कार्यसमितिका अध्यक्ष तिलकबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघको गण्डकी प्रदेशका उपसभापति कृष्णबहादुर विश्वकर्मा, विशेष अतिथि गोरखा सुनचाँदी व्यवसायी संघका अध्यक्ष पर्वबहादुर विक, वरिष्ठ उपाध्यक्ष टेकबहादुर विक, महासचिव राजु बरालले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




