| सोमवार, कार्तिक २३, २०८३

पानी पिउने निहुँमा आठ वर्षीया बालिकालाई बलात्कार

गोरखामा १८ वर्ष मुनिका बालिका बलात्कृत हुने क्रम बढ्यो

गोरखामा साउन यता बलात्कार र प्रयासका १९ वटा घटना भयो । एउटा घटनामा दुई बालिका सहित १८ वर्ष मुनिका ११ जना बालिका पिडित भए । १८ देखि २५ वर्ष उमेरका पाँच जना र २५ देखि ३५ का चारजना महिला बलात्कारको शिकार बने ।


यी घटनामा संलग्न पिडक भने १८ वर्ष भन्दामाथि उमेरका छन् । १९ घटनामध्ये जवरजस्ती करणी प्रयास र बलात्कार गर्ने १६ जना १८ देखि २५ वर्षका छन् । तीनवटा घटनामा मात्रै पिडक १८ वर्ष मुनिका छन् । ‘बलात्कारका घटना धेरै जसो बालिकामा भएको देखिन्छु गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङ भन्छन् ‘ललाई फकाई गर्ने, तत्काल प्रतिक्रिया जनाउन नसक्ने, बालिकालाई बलात्कार र यौन हिंसाबारे थाहा नहुने भएकाले पिडकको निसानामा बालिका परेको देखिन्छु उनले भने ।
गत वर्ष गोरखामा जवरजस्ती करणीका १३ र प्रयासका छ गरी १९ वटा घटना भए । यी घटनामा पिडित १८ वर्ष मुनिका छ जना बालिका थिए भने भने १८ देखि २५ वर्षका युवती नौ जना थिए । बाँकी २५ वर्ष माथिका महिला थिए । घटनामा पिडक भने सबै १८ वर्ष उमेर माथिका छन् । ‘गत वर्ष भन्दा यस वर्ष बालिकामाथि बलात्कारको संख्या बढेको छु एसपी गुरुङले भने ।


आर्थिक वर्ष २०७५/०७६ मा जवरजस्ती करणीका १५ र करणी प्रयासका सात वटा घटना घट्यो । ती घटनामा १८ वर्ष मुनिका आठ जना बालिका पिडित भए भने १८ देखि २५ वर्ष उमेर समुहका नौ जना पिडित बने । यो घटनामा पिडक भने १६ वर्ष मुनिका एक जना छन् भने अरु सबै १८ माथिका छन् । पिडक जाने बुझेका, उमेरले पाको भएकाहरु देखिन्छन् भने बलात्कारको शिकार बनेका पिडित ८० प्रतिशत १८ वर्ष मुनिका बालिका छन् ।


बार यसोशियसन गोरखाका अध्यक्ष अधिबक्ता यादब शर्मा बालिकालाई परिबन्दमा पार्न, डर देखाउन र लोभ्याउन सजिलो हुने भएकाले पनि बालिकामाथि हिंसा बढेको हुन सक्ने बताउँछन् । ‘मलाई के गर्दैछ भन्ने कतिपय बालिकालाई थाहै हुँदैन, सानालाई प्रलोभनमा पार्न पनि सजिलो हुन्छ । जुन लोभ ठुलालाई देखाउँदा प्रतिकार हुन सक्छ । बालिकाले प्रतिकार गर्न नसक्ने हुँदा निसानामा परिरहेका छन् ।ु कतिपय बालिका अविभाबक बिहिन हुने, नियमित अविभाबकको रेखदेखमा नरहने हुँदा एकल फेला पार्न सजिलो हुने बालिका बलात्कृत भएका घटना पनि घटेको उनले बताए ।


जतिसक्दो चेतनास्तर उकास्नु नै बलात्कार नियन्त्रणको माध्यम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्