| सोमवार, कार्तिक २३, २०८३

नेविसंघद्धारा बलात्कार घटनाको बिरोध

नेपाल विद्यार्थी संघ गोरखाकाले देशका बिभिन्न ठाउँमा घटिरहेको बलात्कार, बलात्कारपछि हत्याका घटनाको छानबिन गरी दोषिलाई कडा कारवाही गर्न माग गरेको छ ।

गोरखा सदरमुकामको एक विद्यालयमा कक्षा १ कि चार वर्षिया बालिका बलात्कृत भएको घटना अत्यन्तै संवेदनशिल भएको भन्दै नेविसंघले उक्त घटनाले स्तब्ध बनाएको बताएको छ । बैतडीको दोगडाकदार गाउँपालिका ७ कि भागिरथी भट्टको बलात्कार पछि भएको हत्याको पनि नेविसंघले भत्र्सना गर्दै अपराध गर्नेलाई कानुनी कारवाहीको माग गरेको अध्यक्ष सुवास अधिकारीले बताए ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मात्र प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै नेविसंघले मानवतालाई नै कलंकित पार्ने यस्ता घटनाको घोर निन्दा गर्दै बलात्कार र हत्या जस्ता क्रुर र जघन्य अपराधमा संलग्नलाई तत्काल हदैसम्मको कारवाहीको माग गरेको छ । ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले समाजमा घट्ने जघन्य अपराध न्यूनिकरण गर्न र दोषिलाई कानुनी दायरामा ल्याउन सबै पक्ष एक ठाउँमा हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्