| सोमवार, कार्तिक २३, २०८३

अजिरकोटमा पनि किसानलाई बाँदर धपाउने यन्त्र बितरण

अजिरकोट गाउँपालिकाका किसानलाई बाँदर धपाउने यन्त्र बितरण गरिएको छ ।

गाउँपालिका भित्र लगाईएका खेतीबाली, तरकारी, फलफुल बाँदरले खाईदिने भएपछि चिन्तित बनेका किसानले गाउँपालिका सँग बाँदर धपाउने यन्त्र माग गरेका थिए ।
किसानको मागको आधारमा उक्त यन्त्र बितरण गरिएको वडा नम्बर ३ का अध्यक्ष तयाराज गुरुङले बताए । आलु, प्याज उखेल्ने, मकै, कांक्रो खाईदिने, टिप्ने मिल्काउने गरेर बाँदरले किसानलाई अत्याधिक दुःख दिएको वडा अध्यक्ष गुरुङले बताए ।

यन्त्रको प्रयोगले बाँदर धपाउन सहज हुने अपेक्षा किसानले गरेका छन् । ‘अहिले १० वटा ल्याएर प्रयोग गरिएको छ, प्रभावकारी भयो भने अरु थप ल्याएर बितरण गर्ने योजना छ’ उनले भने । उक्त यन्त्र टोल बिकास संस्थाको जिम्मामा प्रयोग गर्ने गरि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्