| आइतवार, कार्तिक २२, २०८३

गोरखामा बन्दको प्रभाव : बिहानैदेखि बन्दकर्ता सडकमा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले आज आयोजना गरेको आम हड्तालका कारण गोरखाको जनजिवन प्रभावित बनेको छ । बन्दकर्ताहरु गोरखा सदरमुकामको बिच सडकमा बसेर यातायात अवरुद्ध गरिरहेका छन् ।

प्रहरीले हटाउन प्रयास गरेपनि सकेन । संसद बिघटन असंवैधानक कू भएको, संसद पुर्नस्थापना हुनुपर्ने लगायतका माग राखेर प्रचण्ड माधव पक्षधरले देशब्यापी आम हड्ताल गरेका हुन् ।
‘बन्द शान्तिपूर्ण चलिरहेको छ’ हड्तालको अगुवाई गरिरहेका नेकपाका नेता यादब बस्नेतले भने ‘अत्यावश्यक सवारी साधनलाई चल्न दिएका छौँ ।’

एम्बुलेन्स, प्रेस, स्वास्थ्यकर्मीका सवारी साधन चलिरहेका छन् भने सर्वसाधारणलाई बन्दकर्ताले सडकमै रोक्ने, फर्काउने गरेका छन् । बन्दका कारण सार्वजनीक सवारी साधन बिहानै देखि चलेका छैनन भने निजी सवारी साधन पनि बन्दकर्ताले चल्न दिएका छैनन् । बन्दका कारण बजार पनि ठप्प छ । सर्वसाधारणको दैनिकी भने बन्दका कारण कष्टपूर्ण भएको छ ।

प्रतिक्रिया दिनुहोस्