
आम हड्तालका कारण बिहानैदेखि गोरखा सुनसान, सवारी ठप्प
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षधरले आयोजना गरेको आम हड्तालका कारण आज बिहानै देखि गोरखाको जनजिबन प्रभावित बनेको छ । गोरखाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने सवारी साधन छुट्ने काउन्टर पनि खुलेको छैन । बिहानी सत्रमा पढाई हुने विद्यालय र क्याम्पस पनि चलेका छैनन् । गोरखा सदरमुकामको पसल बन्द हुँदा बजार पनि सुनसान छ । मोटरसाईकल फाट्ट फुट्ट चलेपनि अन्य निजी सवारी साधन चलेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर संवैधानीक कु गरेको बिरोधमा नेकपाले आम हड्ताल गरेको जनाएको छ । नेकपाको प्रचण्ड माधव पक्षधरले संसद पुर्नस्थापना हुनुपर्ने माग राख्दै आन्दोलन कार्यक्रम गर्दै आएका छन् । ओली पक्षधरहरुले शुक्रवार राजधानीमा भेला आयोजना गरेको पूर्व सन्ध्यामा नेकपाकै अर्को पक्षले आकस्मिक बन्द आयोजना गरेको हो । काम बिषेशले हिँडेका सर्वसाधारण भने गन्तब्यमा जान सकेका छेनन् । बन्दका कारण उनीहरुले सास्ती खेप्नु परेको छ ।




