
गोरखा कारागारका कैदीबन्दीले कोरोना खोप लगाए
गोरखा कारागारका एक सय १६ जना कैदीबन्दीलाई कोभिड १९ अर्थात कोरोना भाइरसबिरुद्धको खोप लगाइएको छ । बुधवार स्वास्थ्यकर्मीले कारागारमै पुगेर निशुल्क खोप लगाएका हुन् ।
एक सय ८ जना पुरुष र ८ जना महिला कैदीबन्दीलाई खोप लगाइएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
सोही क्रममा १३ जना अन्य कर्मचारीले पनि कोरोना बिरुद्धको खोप लगाएका छन् । यसअघि गोरखामा सरसफाइकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई कोरोना बिरुद्धको खोप लगाइएको थियो ।




