| आइतवार, कार्तिक २२, २०८३

भूमि समस्या समाधान आयोगको गोरखा जिल्ला अध्यक्षमा थापा

सरकारले गोरखा सहित ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ ।
गोरखाका लागि शहिद लखन गाउँपालिका ९ का सुरेन्द्र बहादुर थापालाई अध्यक्ष तोकिएको छ । गोरखा जिल्ला बिज्ञ मा सिरानचोक गाउँपालिका केराबारीका बिराज गुरुङ्ग र सदस्यमा सिरानचोक ५ का कमल दानी क्षेत्री नियुक्त भएका छन् । उनिहरु तिनै जना नेकपा ओली समुह निकटका हुन ।

आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने कार्यक्रम तय भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्धितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने आयोगका विज्ञ सदस्य जगत देउजाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्