
गोरखामा एक हजार ५० जनाले कोरोना बिरुद्धको खोप लगाए
गोरखामा एक हजार ५० जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालका अनुसार पाँच सय २९ जना स्वास्थ्यकर्मी, तीन सय ८३ जना महिला स्वास्थ्य स्वयंमशेविका, एक सय २७ जना कार्यालय सहयोगी र ११ जना एम्बुलेन्स चालकले खोप लगाएका हुन् ।
अभियानको पहिलो दिन ११६, दोश्रो दिन १५९, तश्रो दिन २६९, चौथो दिन १९० लाई खोप लगाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । पहिलो चरणमा खोप लगाएकाहरुर्ला १ महिना पछि खोपको अर्को डोज दिइने छ । पहिलो चरणमा १ हजार आठ सय ८ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।




