
शिक्षक संघको अध्यक्षमा शिवबहादुर थापा चयन
शिक्षक संघका अध्यक्ष लुमनाथ लामिछानेले कार्यभार उपाध्यक्ष शिबबहादुर थापालाई हस्तान्तरण गरेका छन् । संघको शनिवार भएको बैठकले उपाध्यक्ष थापालाई कार्यवाहक अध्यक्ष चयन गरेको शिक्षक संघका जिल्ला सचिव लक्ष्मण आचार्यले बताए ।
शिक्षा सेवाबाट केही समय अघि अनिवार्य अबकास लिएका अध्यक्ष लामिछानेले संघबाट पनि अबकास लिएका हुन् । संघले खाली रहेको महिला सह सचिव पदमा वर्षा ढकाललाई चयन गरेको जनाएको छ ।




