| सोमवार, कार्तिक २३, २०८३

गोरखामा शनिवार एक सय ९० जनाले कोरोना बिरुद्धको खोप लगाए

शनिवार गोरखाका थप १९० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । जस मध्ये १३८ महिला र ५५ पुरुष रहेको जिल्ला अस्पताल गोरखाले जनाएको छ ।

९९ जना स्वास्थ्यकर्मी, ६३ जना महिला स्वास्थ्य स्वयमशेविका र कार्यालय सहयोगी २८ जना रहेका छन् । शुक्रबार २६९ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका थिए । पहिलो चरणमा जिल्लाका १८ सय ८ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको हो ।

खोप अभियान माघ १८ गतेसम्म चल्ने बताइएको छ । तर निर्धारित समय सकिन लाग्दा पनि नाम लेखाएका मध्ये आधाले पनि खोप लगाएका छैनन् । जसका कारण समय बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्