
गोरखामा शुक्रवार दुई सय ६९ जनालाई कोरोनाको खोप लगाईयो
गोरखामा शुक्रवार दुई सय ६९ जनालाई कोभिड १९ बिरुद्धको खोप लगाइएको छ । दुई सय २२ जना महिला र ४७ जना पुरुषलाई खोप लगाइएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
ति मध्ये एक सय १५ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी ३७ जना र एम्बुलेन्स चालक दुई जना रहेका छन् । सरकारले स्वास्थ्यकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स चालकलाई पहिलो चरणमा प्राथमिकताको आधारमा निशुल्क खोप लाउने निर्णय गरेसँगै गोरखामा पनि खोप लगाउन सुरु भएको हो ।




