
प्रधानमन्त्री पदका लागि ओलीले पार्टी एकता भंग गरे : नेकपा प्रवक्ता श्रेष्ठ
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता भंग गरेको बताएका छन् ।
गोरखाको सिरानचोक गाउँपालिकामा शुक्रवार गाउँ पार्टीले आयोजना गरेको संसद बिघटन बिरुद्धको जनसभामा बोल्दै उनले भने ‘केपी ओलीले पार्टी एकता आफ्नो लागि गरेका रहेछन्, प्रधानमन्त्री पद जान्छ भनेपछि संविधान र लोकतन्त्र पनि मान्नु भएन, पार्टी एकता भंग गर्नुभयो ।’ निरङकुश लोकतन्त्रका लागि लडेको नभई केपी ओली प्रधानमन्त्री पदका लागि लडेको आरोप उनले लगाए ।
जनतालाई समाजबाद तर्फ लैजान, शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना गरेर समृद्ध नेपालका लागि पार्टी एकता गरेको तर ओलीले आफ्नो पदका लागि मात्र एकता गरेको पुष्टि भएको उनले आरोप लगाए । ओलीले लोकतन्त्रको हत्या गरेको बताउँदै उनले जनादेश माथि मानमर्दन भएको बताए । केपी ओलीले संसद र पार्टी प्रति गरेको आक्रमणलाई असफल बनाएर संसद पुर्नस्थापना गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।
। सय जनाको गु्रपले आधिकारीक कम्यूनिष्ट पार्टी हामी हो भन्नु त्यो सान्र्दभिकता नभएको बताउँदै उनले जनता र काननुले आफनो पक्षधर पार्टी बैधानीकता भएको प्रष्ट पारेको बताए । नेपाल कम्यूनिष्ट पार्टी सिरानचोक गाउँ पालिकाको आयोजना भएको जन सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभामा नेकपाका केन्द्रिय सदस्य दिनेशचन्द्र देवकोटा, लेखनाथ न्यौपाने, रामकुमारी झाँकी लगायतले संवोधन गरेका थिए । सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा आयोजित बिरोध सभामा गाउँ गाउँबाट नेकपा कार्यकर्ता सहभागी थिए । संसद बिघटन संविधान बिपरित भएको, पुनस्थापना गर्नुपर्ने लगायत नारा नेता कार्यकर्ताले लगाएका थिए ।






