| सोमवार, कार्तिक २३, २०८३

दोस्रो दिन गोरखामा १५९ जनालाई कोरोनाविरुद्धको खोप लगाइयो


गोरखामा दोस्रो दिन बिहिबार १५९ जना फ्रण्टलाइनरलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । गोरखा अस्पताल परिसरमा बिहान १० बजेदेखि सञ्चालित खोप अभियानमा १२५ जना महिला र ३४ जना पुरुषलाई खोप लगाइएको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।


खोप लगाइएकामध्य ८७ जना स्वास्थ्यकर्मी, ६२ जना महिला स्वास्थ्य स्वयंसेविका र १० जना अन्य रहेको उनले बताए ।


बिहिबार गोरखा नगरपालिकाका ४७ जना, शहीदलखन गाउँपालिकाका ३५ जना र भीमसेनथापा गाउँपालिकाका ४३ जनालाई खोप लगाइएको थियो । बिहिबार धार्चेका १९ जना, आरुघाट गाउँपालिकाका ६ जना, सिरानचोक गाउँपालिकाका ७, बारपाक सुलीकोट र चुमनुब्री गाउँपालिकाका एकएक जनालाई खोप लगाइएको गोरखा अस्पतालका सूचना अधिकारी ढकालले जानकारी दिए ।


बुधबार गोरखा अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेलले पहिलो खोप लगाएर अभियानको थालनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्