| आइतवार, कार्तिक २२, २०८३

गोरखामा २८ सय ५० सवारी कारवाहीमा, सबैभन्दा धेरै मोटरसाईकल

गत साउन देखि पुस मसान्त सम्म गोरखामा २८ सय ५० सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका मध्ये सबैभन्दा धेरै नौ सय ९२ मोटरसाईकल रहेका छन् भने ट्याक्टर पाँच सय ३४ छन् ।

कार र जिप पाँच सय ४०, बस तीन सय ९१ र ट्रक टिपर तीन सय ९३ रहेका छन् । कारवाहीमा परेका यी सवारी साधनबाट १९ लाख ३५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए ।
गत वर्षको छ महिनामा ट्राफिक प्रहरीले छ हजार ५० वटा सवारी साधनलाई कारवाही गरेको छ । ती साधनबाट ४२ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ‘कोभिडको प्रभावका कारण सवारी साधन नचलेका कारण यो वर्ष कारवाहीको संख्या घटेको हो’ ट्राफिक प्रमुख ढकालले भने ।
पुस मसान्त सम्म ८ वटा सवारी साधन दुर्घटनामा परेको छ ।

दुर्घटनामा तीन पुरुष र एक जना महिलाको ज्यान गएको छ भने ७ जना पुरुष र एक महिला गम्भिर घाईते भए । ट्राफिक प्रहरीले सवारी नियम बारे सवारी चालक सँग अन्तक्रिया, चेतनामुलक पर्चा पम्पलेट, पोष्टर बितरण लगायतका काम समेत गरेको ट्राफिक प्रहरीले जनाएको छ । ‘ट्राफिक नियम उलंघन गर्नेलाई कारवाही गरिरहेका छौँ’ ट्राफिक प्रमुख ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्