
राजाको शैलीमा ओली : जसपा प्रचार बिभाग प्रमुख खतिवडा
राजा महाराजाको शैलीमा प्रधानमन्त्री अघि बढेको जनता समाजवादी पार्टीका नेता प्रचार बिभाग प्रमुख डम्बर खतिवडाले आरोप लगाएका छन् ।
संसद बिघटन बिरुद्ध जनता समाजवादीले गोरखामा गरेको बिरोध सभालाई संवोधन गर्दै उनले भने ‘जनताको बहुदलिय जनवाद छाडेर केपी ओली राजा महेन्द्र र ज्ञानेन्द्रको थपमा हिँडेका छन् ।’ उनले ओलीलाई आफ्नो कार्यालयमा महेन्द्र र ज्ञानेन्द्रको फोटो राख्न कम्यूनिष्ट नेता मदन भण्डारी र पुष्पलालको फोटो हटाउन सुझाब दिए । आफुलाई कम्यूनिष्ट दावी गर्ने ओली संसद बिघटन ठिक हो भन्दै राजाको शैलीमा हिँडेको बताए ।
जनता समावजादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका गण्डकी प्रदेश सदस्य राजेन्द्र खनाल, जिल्ला उपाध्यक्ष शान्ता न्यौपाने, सचिव बिपिनचन्द्र ढकाल लगायतले मन्तब्य राखेका थिए ।
हरमटारीमा बिरोध सभा सुरु हुनु अघि गाउँगाउँबाट गोरखा सदरमुकाम आएका जनता समावजादी पार्टीका नेता कार्यकर्ताले सदरमुकाममा संसद बिघटनको बिरोधमा ¥याली निकालेका थिए । ¥यालीमा सहभागीहरुले संसद बिघटन संविधान बिपरित भएको, पुनस्र्थापना हुनुपर्ने, राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाही हुनुपर्ने लगायत नारा लगाएका थिए ।




