
सुधार नगरेपछि गोनपाद्वारा बसपार्कका दुईवटा मासु पसलमा तालाबन्दी
पटक पटक ब्यवस्थित गर्न अनुरोध गर्दा अटेरी गरेपछि गोरखा नगरपालिकाले दुईवटा मासु पसलमा मंगलवार तालाबन्दी गरेको छ ।
गोरखा नगरपालिका वडा नम्बर ६ बसपार्कमा रहेको माईला फ्रेस हाउस, र मनकामना मिट हाउसमा ताला लगाएको हो
‘हामीले पटक –पटक अनुरोध गर्दा अटेरी गरेपछि ताला लगाउनुपर्ने अवस्था आयो’ नगरपालिकाका अधिकृत चेतप्रसाद अम्गाईले भने । जुक्तमान श्रेष्ठ र कृष्ण शाहीको पसलमा तालाबन्दी गरिएको छ । दुईवटा पसलमा नगरपालिकाले पाँचवटा ताला लगाएर बन्द गरेको हो ।
दर्ता प्रक्रिया पुरा नगरेको, सरसफाईमा ध्यान नदिएको, नगरपालिका सँग यस अघि अनुगमनका क्रममा भएको सहमती पालना नगरेको, छिमेकीलाई असर पुग्ने गरी पसल संचालन गरेकाले बन्द गर्नुपरेको नगरपालिकाले जनाएको छ ।




