| सोमवार, कार्तिक २३, २०८३

सिकाई सहजिकरणका लागि रत्नराज्यका २० जना शिक्षकलाई ल्याप्टप

गोरखा नगरपालिका वडा नम्बर १० वीरेन्चोकस्थित रत्नराज्य माविका २० जना शिक्षकलाई ल्याप्टप बितरण गरिएको छ ।

‘हाम्रो प्यारो नेपाल’ नामक गैरसरकारी संस्थाले ५० प्रतिशत शिक्षकहरुको लागत साझेदारीमा ५५ हजार मूल्य बरावरको ल्यापट उपलब्ध गराएको हो ।
आइतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाका सचिव जीवन ओलीले शिक्षकहरुलाई ल्याप्टप उपलब्ध गराएका हुन् । संस्थाले ल्याप्टप ब्याग पनि शिक्षकहरुलाई दिएको छ ।
‘इन्टरनेटको महत्व र माग बढिरहेको छ । विद्यार्थीलाई सिकाई सहजिकरण गर्न सहज हुने भएकाले शिक्षकहरुको माग र आवश्यकताका आधारमा ल्यापटप दिएका हौँ’ ओलीले भने ।
यस अघि उक्त संस्थाले विद्यालयलाई भबन निर्माण, पोशाक, स्टेशनरी, बिभिन्न सिपमुलक तालिम लगायतका काममा सहयोग गर्दै आएको थियो ।

ल्याप्टप हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रअ तेजबहादुर नेपाली, वडा अध्यक्ष देवीबहादुर बस्नेत, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर आले लगायतले कृतज्ञता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्