
अबको प्रधानमन्त्री देउवा : पूर्व प्रधानमन्त्री भट्टराई
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले असंवैधानिक, अलोकतान्त्रिक र अराजक गतिविधि गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
शुक्रबार गृहजिल्ला गोरखामा पत्रकार सम्मेलनमा बोल्दै उनले जम्मा एक हप्ता मात्र म्याद बाँकी रहेका अमेरिकाका राष्ट्रपतिलाई महाअभियोग लगाइएको सन्दर्भ जोड्दै डाक्टर भट्टराईले संविधान सभाले बनाएको जनताको संविधान कुल्चने नेपालका प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि महाअभियोग मात्र लगाएर नपुग्ने भएकाले दण्डित नै गर्नुपर्ने तर्क गरे ।
दुई तिहाइको सरकार चलाउन नसक्ने ओलीले चुनाब गराउन नसक्ने दाबी गर्दै उनले चुनाबको हल्लाको पछि नलाग्न उनले आग्रह गरे ।
अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर हुने अनुमान गरेको बताएका छन् । ‘म एउटा हाइपोथेटिकल कुरा गर्छु । अराजक र अवैध गतिविधि गर्ने अमेरिकाका राष्ट्रपतिमाथि त एकहप्तामात्रबाँकी छँदा महाअभियोग लागिसक्यो । ओलीमाथि र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ । दण्डितै गर्नुपर्छ । यसो गरेपछिओली यसै रिङआउट हुन्छन्’, उनले भने, ‘केपीओलीजस्तो भष्मासुरलाई हुर्काउन, मलजल गर्न प्रचण्ड-नेपालहरुको पनि त हात छ । अब केपीलाई हटाएर आफू सरकारको नेतृत्व गर्नु भन्नु सरासर पदलोलुपता हुन्छ । त्यसो भएपछि सरकारको नृतृत्व गर्ने पालो नेपालीकांग्रेसको आउँछ । कांग्रेसमा पनिप्रतिष्पर्धा गर्ने रामचन्द्रजीहरु संसदीय सदस्यहुनुहुन्न । त्यसैले मलाई लाग्छ अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ ।’
आफू र आफ्नो पार्टी चौथो दल भएकाले पालो नआउने र आएपनिआफू पदलोलुपनभएकाले दाबीनगर्ने उनले स्पष्ट पारे ।
नेकपाको ओली र प्रचण्ड-नेपाल समूहबीच निणर्यक सम्बन्ध बिच्छेद नहुँदापनि समस्यालम्बिरहेको उनले बताए । ‘प्रचण्ड-नेपाल समूहले ओजीलाई अहिले पनिहाम्रै नेकपाको प्रधानमन्त्रीहुन् भन्ने रुपमामान्यतादिइरहेका छन्’, उनले भने, ‘पार्टीबाट निश्काशननगरेसम्म त उनीहरुकै प्रधानमन्त्री हुन्छन् ओलीजी । त्यसैले उनीहरुको पनि अडान स्पष्ट देखिएको छैन । नेपालीकांग्रेस पनि स्पष्ट ढंगले आउन सकिरहेको छैन ।’ ठूला दलहरुको ढुलमुले प्रवृत्तिले समस्याले चाँडो निकास नपाएको उनले बताए ।
केपीओलीले चुनाव गराउँदै नगराउने दाबीगर्दै उनले चुनावको सपनानदेख्न आग्रह गरे । ‘ओलीजीले सबै निकाय हस्ताक्षेप गरेर बसेका छन् । त्यसैले उनले चुनाव गराउलान र नयाँताजाजनमतको आधारमा हस्तान्तरण गर्लान् भन्ने सपनापाल्नु बेकार कुरा हो’, उनले भने, ‘इजलास हेरफेर हुने भइरहेको छ । न्याधीशहरु विवादमा पर्ने भएकाले पछि हट्दैछन् । त्यसैले अदालतबाट धेरै आशा गर्नुपर्ला जस्तो मलाईचाहिँलाग्दैन ।’ प्रचण्ड-माधव समूह र ओली समूहबीच छिनोफानो हुनुपर्ने उनले बताए ।




