
गोरखामा आज २४ जनाद्वारा रक्तदान
रोटरी क्लव अफ गोरखाको आयोजनामा गोरखा सदरमुकाममा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।
२३ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश तथा गोरखा शाखाको समन्वय एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा रक्तदान भएको कार्यक्रम संयोजक अन्जनबाबु खत्रीले बताए ।
रोटरी क्लव अफ गोरखाका अध्यक्ष काशिनाथ अम्गाईको अध्यक्षता एवं केन्द्रिय तदर्थ समिति उपमहामन्त्री दिपेन्द्रराज ढकालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश समिति अध्यक्ष सुर्यप्रसाद ढकाल, जिल्ला शाखा सभापति भगवानबाबु मास्के लगाएतले धारणा राखेका थिए ।




