| आइतवार, कार्तिक २२, २०८३

आकस्मिक अवतरण भएको कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखाबाट उँड्यो

मौसम प्रतिकुलताका कारण आकस्मिक अवतरण गरिएको कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखाबाट उँडेको छ ।

पालुङटार नगरपालिका २ आँपिपलमा आकस्मिक अवतरण भएको हेलिकप्टर केहीबेर अघि उडेको कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेले बताए । आँपिपलबाट कैलाश एयरको हेलिकप्टर पोखराका लागि उँडेको छ ।

पोखराबाट मौसम अनुकुल भएमा पर्वत जाने कार्यक्रम छ ।
पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा आयोजित कार्यक्रममा सहभागि हुन देउवा हेलिकप्टरमार्फत जाँदै थिए । सहीद हरिदत्त स्मत्ति दिवसमा सहभागि हुन देउवा सहितका नेता हेलिकप्टरबाट पर्वत जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्